
काठमाडौं । सर्वोच्च अदालतको १३ दिनभित्र संसद् बैठक बोलाइसक्नुपर्ने प्रावधानअरुप सरकारले सो बैठक बोलाउने तयारी गरेको छ ।
सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आह्वान गर्न सिफारिस गर्न लागेको आफूनिकट नेताहरुलाई बताएका छन् ।
ओली निकट नेता तथा नेकपा ओली पक्षबाट प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईका अनुसार प्रधानमन्त्री आगामी २३ भित्र संसद् बैठक बोलाउन तयार गरेका छन् । फागुन २३ गतेभित्र संसद् बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएको उनको भनाइ छ ।
शुक्रबार ओलीले बालुवाटारमा आफूनिकटका नेतासँगको भेटमा पार्टीभित्र समस्या रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको स्थायित्व र विकासका काम गर्न खोज्दा नदिएको बताउँदै अब आउने चुनौतीलाई फेस गर्दै जाने बताएका थिए ।