बैशाख १७, २०८१, सोमबार
               

प्रधानमन्त्री भेट्न गौतम बालुवाटारमा

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

संसद विघटनपश्चात् नेकपा दुई धारमा विभाजित भए पनि कुनै धारमा नदेखिएका गौगम प्रतिनिधिसभा विघटन बदरपश्चात् प्रधानमन्त्री भेट्न शुक्रबा बालुवाटार पुगेका हुन् ।  प्रतिनिधिसभा विघटनपश्चात् गौतम दाहाल-नेपाल समूहका अध्यक्ष भेट्न खुमलटार पुगेका थिए । हाल गौतम विभाजित नेकपालाई एक बनाउन अभियनरत छन् । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदा समेत कुनै समूहमा नदेखिएका गौतमले पार्टी एकता अभियानलाई निरन्तरता दिइरहेका छन् ।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि गौतम एकता अभियानमा थप सक्रिय छन् ।


कस्तो लाग्यो ?

यो पनि