बैशाख १७, २०८१, सोमबार
               

ओलीद्वारा नेकपा सचेतकमा देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ ।

प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गरेको बताए । 

यता गुरुङले भने आफूहरुले संसदीय दलको नेताबाट ओलीलाई नै हटाइसकेकाले उनले गरेको कारबाही वैधानिक नहुने जिकिर गरेका छन् ।
ओलीले दलको प्रमुख सचेतक परिवर्तन गरेको सम्बन्धमा उनले भने, ‘हामीले ओलीलाई नै दलको नेताबाट हटाइसकेका छौँ । उहाँले संसदसँगै दल पनि भंग गर्नुभएको थियो । अहिले प्रमुख सचेतक परिवर्तन गर्न उहाँलाई कुनै नैतिक अधिकार छैन ।’
 


कस्तो लाग्यो ?

यो पनि