बैशाख १७, २०८१, सोमबार
               

प्रदेश १का सांसदसँग गरे प्रधानमन्त्रीले छलफल

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । 

पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापनापश्चात् प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश १ का सांसदसँग भेटघाट गरेका हुन् । 

प्रधानमन्त्रीसँगको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरण, पार्टी एकता र राजनीतिक स्थायित्वको विषयमा छलफल भएको बालुवाटार पुगेका सांसदको भनाइ छ । 

सांसदहरुसँग करिब एक घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा दृढ रहेको बताएका छन् । ओलीले नेकपा ‘प्रचण्ड–नेपाल’ समूहको रणनीतिका आधारमा कदम चाल्नेसमेत बताएका छन् । 

आफैँले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले पनुस्र्थापना गरेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले सबै प्रदेशका नेता र सांसदसँग छलफल सुरु गरेका हुन् ।

सोहीक्रममा शुक्रबार प्रदेश १ का सांसदसँग छलफल भएको र शनिबार बागमती प्रदेशका सांसदसँग छलफल गर्ने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ । 

पुस ५ गते प्रधानमन्त्री अ‍ोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

यो पनि