राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।मंगलबार सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।
संसद् अधिवेशन बोलाउने गृहकार्यका लागि उनी आज राष्ट्रपतिसँग सल्लाह गर्न शीतलनिवास पुगेकाे बुझिएकाे छ । अब सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधिसभाको बैठक बोलाइ सक्नु पर्ने बाध्यता छ ।