बैशाख २७, २०८१, बिहीबार
               

नेपालमा विदेशी शक्तिको चलखेल बढ्ने सिंहको विश्लेषण

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा विदेशी शक्तिको चलखेल बढ्ने बताउँदै संसद् विघटनले नेपालमा भारत–अमेरिका पक्ष बलियो र चीन पक्ष कमजोर भएको विश्लेषण गरेका छन् । 

प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले सो विश्लेषण गरेका हुन्

एमसिसीबारे एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसबिच गठबन्धन बन्ने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै एमसिसी पारित गर्ने पक्षमा रहेको उनको भनाइ छ ।

‘एमसिसी पारित गराउन ओली समूह र कांग्रेसको सरकार बन्ने सम्भावना छ,’ सिंहले भने, ‘एमसिसी पारित भए नेपाल अमेरिकी सैन्य अखडा हुन्छ, त्यसैले पारित हुन नदिन त्यतातिर ध्यान दिनुपर्छ ।’

तर, यसो हुनुको मुख्य कारक ओली रहेको बताउँदै उनले प्रधानमन्त्री ओलीमा नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताए । ‘नैतिकता भए ओलीजीले राजीनामा दिनुपर्छ, तर अहिले उहाँमा नैतिकता देखिएको छैन,’ महामन्त्री सिंहले भने ।


कस्तो लाग्यो ?

यो पनि