बैशाख १३, २०८१, बिहीबार
               

आज बस्ने भनिएको ओली समूहको स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बस्न भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

 गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको फैसला गरेलगत्तै सरकार संसद बैठकको तयारीमा लाग्नुपर्ने भएकोले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक केही दिनको लागि स्थगित गरेको स्रोतले जनाएको छ ।

गत पुस पाँच गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । बुधबार बसेको ओली समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्चको फैसलाको सम्मान गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभा बैठक आह्वान गर्न आदेश दिएकाले मन्त्रिपरिषद् बैठक बस्ने, बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद बैठक आह्वानको लागि सिफारिस गर्ने लगायतका प्रक्रिया हुने भएकाले पार्टीको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले केही दिनको लागि स्थगित गरेको नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले बताए । 

हिजोको स्थायी कमिटी बैठकले निर्णय गरेबमोजिम पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरु भने अनुकुल हुने गरी जारी राखिने नेता नेम्वाङको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि