बैशाख २७, २०८१, बिहीबार
               

प्रचण्ड–नेपालले बुढानीलकण्ठ पुगेर देउवालाई भने, ‘सरकार बनाउन साथ दिनुस्’

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनमा आफूहरूलाई साथ दिन आग्रह गरेका छन् । देउवा निवास बुढानीलकण्ठमा भेट्न पुगेका प्रचण्ड– नेपालले सो आग्रह गरेका हुन् ।

सभापति देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधवार दिउँसो देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । सवा १ बजे देउवाको निवासमा प्रवेश गरेका प्रचण्ड र नेपाल १ः३५ बजे त्यहाँबाट बाहिरिएको बुढानीलकण्ठ स्रोतले जानकारी दियो । प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै मङ्गलवार बदर गरिदिएको थियो ।

अब प्रचण्ड नेपालले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा अर्को प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने हुँदा प्रचण्डको नाम सिफारिस गर्ने तयारी छ । काँग्रेसको समर्थनविना सरकार बन्न नसक्ने भएकाले प्रचण्ड–नेपालले काँग्रेस सभापति देउवासँग साथ मागेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि