बैशाख २६, २०८१, बुधबार
               

नेकपा एकता अभियानको बैठक जारी

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानको बैठक सुरु भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-नेपाल समूहबीच बढेकाे विवादकाे पक्षबाट बाहिर रहेर नेकपा एकताकाे पक्षमा रहेकाे नेताहरूकाे बैठक ललितपुरको धोबिघाटमा सुरु भएकाे हाे ।

अभियानका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेम गौतमको अध्यक्षता बैठक चलिरहेकाे अभियानका सदस्य भद्रगोल किरातीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भई आ-आफ्नो शक्ति प्रदर्शन गर्दै आउँदा वामदेव गौतमसहितका केही नेताहरू भने एकताकाे पक्षमा लागेका थिए ।

मंगलबार सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि एकता अभियानको बैठक आकस्मिक बाेलाइएकाे बताइएकाे छ । संसद् पुन:स्थापनापछि के कसरी अघि बढ्ने र अबकाे रणनीति कस्तो हुने भन्ने विषयमा छलफल हुने किराती जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि