बैशाख २६, २०८१, बुधबार
               

आज प्रचण्ड–माधव समूहले विजय जुलुस निकाल्दै

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज देशव्यापी विजय जुलुस निकाल्ने भएको छ  । 

केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुषालले दिउँसो १२ बजे काठमाडौंको शान्तिबाटिकामा विजय जुलुस निकाल्ने तयारी भएको जानकारी दिइन् । उनका अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप नि कार्यक्रममा सहभागी हुने छन् । 

उनीहरु दुवै जना चितवनमा रहेको र काठमाडौं आउँन लागेको पनि भुषालले जानकारी दिइन् । प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी सभा र प्रदर्शनमा रहेको प्रचण्ड–माधव समूहको नेकपाले आज चितवनमा आमसभा आयोजना गरेको थियो । 

तर, मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेपछि सभा स्थगित गरेर अध्यक्षद्वय काठमाडौं आउन लागेका हुन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि