जेठ ०२, २०८१, बुधबार
               

‘न्यायाधीशले देश र जनताको पक्षमा फैसला गरे’

नेपाल फ्ल्यास
फागुन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले सर्वोच्च अदालतका न्यायाधीशहरुले देश र जनताको पक्षमा एतिहासिक फैसला गरेको भन्दै सलाम गरेका छन् ।

सर्वोच्च अदालतबाट मंगलबार संसद भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध फैसला दिएपछि कांग्रेस नेता थकालीले प्रतिक्रिया दिँदै न्यायामूर्तिहरुले देश, जनता, राष्ट्रियता र संवैधानिक सर्वोच्चताको पक्षमा फैसला गरेको बताए ।

‘संविधान, नागरिक सर्वोच्चताले जित्नु थियो, जितेको छ’, उनले भने, ‘कसैको पराजय भएको होइन । नेपाली नागरिक र संवैधानिक सर्वोच्चताको जित हो ।’


कस्तो लाग्यो ?

यो पनि