बैशाख २२, २०८१, शनिबार
               

नेकपा प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नेकपा प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार अपरान्ह ४ बजे संसदीय दलको बैठक बोलाइएको छ । प्रचण्ड–नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

सर्वोच्चले १३ दिनभित्र संसदको अधिवेशन बोलाउन आदेश दिएसँगै प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो।

बैठकमा नेकपा ओली समूहका सांसदलाई समेत आमन्त्रण गरिएको छ । उक्त बैठकमा ओली समूहका सांसद सहभागी हुने नहुने विषयमा केही खुलेको छैन । 


कस्तो लाग्यो ?

यो पनि