चैत १५, २०८०, बिहीबार
               

सर्वोच्चबाट सही फैसला आउनेमा प्रचण्ड विश्वस्त

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट सही फैसला आउने बताएका छन् । 

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा प्रचण्डले संसद् विघटनको मुद्दामा सही फैसला आउने विश्वास व्यक्त गरेका हुन् । सो क्रममा उनले ५ पुसपछि आफूहरु रक्तपातविहीन युद्धमा रहेकोसमते बताए ।

संसद् विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिँदै अहिलेको युद्ध आफूहरुले जित्नुपर्ने बताए । 

पार्टी धेरै दुःखले एकताबद्ध गरिएको उल्लेख गर्दै प्रचण्डले त्यसलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताउँदै उनले प्रधानमन्त्री ओली फुटको बाटो हिँडेको बताए । 

प्रचण्डले भने, ‘एकताको झण्डा हामीले उठाएका छौँ । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र विसर्जनको बाटो रोज्नुभयो । उहाँले पार्टीलाई पनि फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि विसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नुभयो । तर, फेरि पनि व्यावहारिक रुपले त्यसलाई परास्तका लागि यो युद्ध हामीले जित्नुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि