बैशाख २७, २०८१, बिहीबार
               

अध्यक्ष ओलीले १४ गते सुर्खेतमा संबोधन गर्ने

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । ओली समूह नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत जाने भएका छन् । 
पार्टी प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधनका लागि ओली फागुन १४ गते सुर्खेत जान लागेका हुन् । प्रदर्शनमा उपस्थितिका लागि कर्णालीवासीलाई आह्वान गरिएको छ। 

ओलीको साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि पनि सहभागी हुने बताइएको छ । नेकपा केन्द्रीय सदस्य तथा जनसभा मूल व्यवस्थापन समितिका संयोजक मोहनमाया ढकालका अनुसार ५० हजारभन्दा बढीको सहभागिता रहनेछ ।प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय तहका सम्पूर्ण नेता कार्यकर्ताहरुको उपस्थितिमा प्रदेशको राजधानीमा पहिलो पटक यति ठुलो कार्यक्रम गर्न लागिएको हो । 


कस्तो लाग्यो ?

यो पनि