जेठ ०३, २०८१, बिहीबार
               

विप्लव समूहका नेता बाँस्तोता पुन: पक्राउ

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पुन: प्रकाउ परेका छन् । 

सर्वोच्च अदालतमा दर्ता बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइँ गर्दै  सोमबार न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिए पनि उनी पुन: पक्रउ परेका हुन् । 

पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता सर्वोच्चले रिहा गर्न आदेश दिए पनि उनी पटक-पटक पक्राउ पर्दै आएका छन् । 

एक स्रोतका अनुसार विप्लवसँग वार्ताका लागि सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, मणि थापा सक्रिय छन् ।

विप्लव समूह र सरकारबीच वार्ताको हल्ला चलिरहेका बेला विप्लव समूहले पनि आफू वार्तामा आउन तयार रहेको भनी विज्ञप्ति निकालेको थियो ।

शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वार्ताको तयारी थाहा पाएर प्रचण्डलाई इंगित गर्दै केही मान्छे छटपटाएको भनी व्यंग्य गरेका थिए ।

प्रहरीका अनुसार उनीविरुद्ध काभ्रेमा काभ्रेमा मुद्दा परेकाले उनलाई नियन्त्रणमा लिइएको हो । उनलाई काभ्रे नै लगिने प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि