जेठ ०३, २०८१, बिहीबार
               

प्रधानमन्त्री ओलीको सांकेतिक तस्वीरमाथि जुत्ता प्रहार

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको सांकेतिक तस्वीरमाथि जुत्ता प्रहार गरेको छ।

संसद् विघटनविरुद्ध भन्दै उनीहरुले नारायणहिटी दरबारअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको संकेतिक तस्वीर बनाएर जुत्ता प्रहार गरेका हुन् । प्रधानमन्त्रीको सांकेतिक तस्वीरलाई जुत्ता प्रहार गर्ने कार्यक्रमलाई संबोधन गर्दै विद्यार्थी नेता रञ्जित तामाङले अहिले सांकेतिक विरोध मात्रै गरेको बताए । 

‘प्रतिगमनकोविरुद्ध अनेरास्ववियूले अहिले सांकेतिक विरोध मात्र गरेको हो । प्रतिगमनका मतियारहरुलाई पञ्च भेला गरेर र्‍याली गरेर तमासा देखाउने हैन भन्न चाहन्छौँ,’ उनले भने, ‘केपी ओली र तिनका मतियारका पञ्च भेला हामीलाई चाहिएको छैन । आज हामीले संकेत मात्र गरेर जुत्ता हानेका छौँ । प्रतिगमन नसच्याउने हो भने मतियारहरुलाई जुत्ताको माला लगाउने दिन आउनेछ।’ 

तामाङले प्रधानमन्त्री ओली र उनी निकटस्थहरुले संविधानको पालना नगरेको उनको भनाइ छ । संबोधनका क्रममा उनले प्रधानमन्त्री ओली नयाँ जंगबहादुर बन्न खोजेको आरोप लगाउँदै  रोष पोखे ।


कस्तो लाग्यो ?

यो पनि