प्रधानमन्त्री केपी शर्मा ओली आज औद्योगिक शिलान्यास गर्न कञ्चनपुर जाने भएका छन् । कञ्चनपुर गएर दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् ।
उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि यस अघि पटक पटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट ई आइए स्वीकृति भएर काम सुरु हुन लागेको हो । सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री कञ्चनपुर जना लागेका हुन् ।
०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारको पालामा त्यहाँ औद्योगिक क्षेत्र थालनी गर्नका लागि बजेट विनियोजन गरिएको थियो ।