जेठ ०३, २०८१, बिहीबार
               

भीडको भ्रममा नपर्न प्रधानमन्त्रीलाई थापाको चेतावनी

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भीडको भ्रममा नपर्न चेतावनी दिएका छन्।

नेपाली कांग्रेसका युवा नेताले आइतबार सामाजिक सञ्जालमार्फत् सरकालाई सो चेतावनी दिएका हुन् ।  सत्ता उन्मादमा शक्तिको दुरुपयोग नगर्न सल्लाह दिँदै पूर्वमन्त्रीसमेत रहेका नेता थापाले अदालतले मान्छेको संख्या होइन, संविधानको धारा हेर्ने अनुरोध पनि गरेका छन् । 

‘न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन, संविधानको धारा हो, अदालतले बिनाभय संविधानसम्मत निर्णय गरोस्,’ थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्,  ‘प्रधानमन्त्री ओलीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भीड नाप्ने जिम्मा जनताको हो। स्मरण रहोस्, सत्तामा हुँदा आफूलाई हेर्न आएका भीडको भ्रम कुनै बेला महाराजलाई पनि थियो त !’

पुस ५ मा भएको प्रतिनिधिसभा विघटनलाई वरिष्ठन नेता पौडेलसहितले असंवैधानिकको संज्ञा दिँदै आएका छन् । तर, सभापति देउवा भने  भने अदालतको निर्णयलाई पर्खनुपर्ने बताउँदै आएका छन् । 

पछिल्लो चरण सभापित देउवा र पौडेलबीच यही विषयलाई लिएर जुहारी जारी छ । पौडेलले प्रतिनिधसभालाई असंवैधानिकको संज्ञा दिँदै आएका छन् । र, संविधान बचाउनकै लागि भए पनि संसद् पनुर्स्थापना हुनुपर्ने उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि