जेठ ०४, २०८१, शुक्रबार
               

विप्लवसँग वार्ता गर्ने तयारी गरेसँगै धेरै छटपटिएका छन्: प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग वार्ता गर्ने तयारी गरेसँगै धेरैलाई छटपटी भएको बताएका छन् । 

आइतबार पाँचौ इन्द्रदह पर्यटन महोत्सवका क्रममा प्रधानमन्त्री केपी शर्मा  ओलीले प्रचण्डप्रति इंगित गर्दै सो बताएका हुन् । ‘सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले विज्ञप्ति निकालेछन्,’ ओलीले भने, ‘विज्ञप्ति निकालेपछि कतिपयलाई छटपटी भएको छ । लौ हामीतिर आउँछ कि भनेको सरकारतिर पो गयो भनेर।’  

सो क्रममा प्रधानमन्त्री ओलीले दाहाल र नेपाल पक्षलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरु पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भइरहेको बताए । 

शनिबार प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताउँदै विज्ञप्ति निकालेको थियो । 

विप्लवले युद्धकालीन समयमा अध्यक्ष दाहालको नेतृत्वमा काम गरेका थिए । सरकाले विप्लवलाई वार्तामा ल्याउने हल्लासँगै दाहालले विप्लवलाई वार्तामा ल्याउने भए पहिले प्रतिवन्ध हटाउनुपर्ने बताएका थिए । आफूले विप्लवलाई सहयोग पनि गर्ने बताउँदै आएका छन् । प्रचढण्डले युद्धकालीन अवस्थामा विप्लवसँग केही छ भनेर आफूले अगाडि बताउँदै आएका छन् । अध्यक्ष प्रचण्डबाट यस्तो अभिव्यक्ति आइरहेका बेला विप्लवले आफू वार्ता गर्न तयार रेहको भनी विज्ञप्ति निकालेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि