जेठ ०३, २०८१, बिहीबार
               

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

प्रदेश १ काे प्रदेशसभा बैठक सुरु भएकाे छ । प्रचण्ड-माधव समूहका सांसद इन्द्रहादुर आङबोले मुख्यमन्त्री शेरधन राईविरुद्ध  अविश्वास प्रस्ताव पेस गरेका हुन् । 

शनिबार २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक ढिलो गरी सुरु भएको हो । प्रदेशसभामा अरु दलका सांसद आए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका सांसद आएका छैनन् ।

तर, ओली समूहका सांसद नआएका कारण बैठक ढिलो सुरु भएको बताइएको छ । मुख्यमन्त्री शेरधन राईले आइतबारको बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरे पनि भण्डारीले अस्वीकार गरेपछि बैठक सुरु भएको हो ।
 


कस्तो लाग्यो ?

यो पनि