जेठ ०५, २०८१, शनिबार
               

दाहाल-नेपाल समूह नेकपाको रिक्त स्थान पूर्तिका लागि आधार तयार

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालबीच पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधार तयार भई सोमा हस्ताक्षर भएको छ । 

पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन भएसँगै फरक धारका रुपमा विकसित भएको सो नेकपाले रिक्त स्थानमा पूर्तिका लागि ९ बुँदे मापदण्डमा दुवै अध्यक्षले हस्ताक्षर गरेका हुन् । 

मापदण्डअनुसार अब दुवै पक्षका पक्षबाट ५०-५० प्रतिशत हुनेछन् ।

प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम्‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिने मापदण्डमा उल्लेख छ । यसका अलावा पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यमा कमिटीको कुल सदस्य संख्यामा पनि ५०-५० प्रतिशत हुनेगरी विशेष व्यवस्था गर्ने सहमति भएको छ ।


कस्तो लाग्यो ?

यो पनि