जेठ ०५, २०८१, शनिबार
               

ओली देशभर पञ्चभेला गर्दै हिँडिरहेका छन्: खनाल

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चभेला गर्दै हिँडेको बताएका छन् । 

भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो बताएका हुन् । सो क्रममा उनले ओलीले संसद् विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनीसमेत गरेको बताए । 

आफ्नो देशको समस्या आफैँ हल गर्नुपर्छ भन्ने मान्यतामा आफू विश्वस्त रहेको बताउँदै नेता खनालले भारतमा रहँदा आफूले अन्य देशका नेतासँग भेटघाट नगरेको बताए । 

नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै खनालले आफूहरुले थालेको आन्दोलन सफलतामा नपुगी विश्राम नहुने बताए ।

यो पनि