जेठ ०५, २०८१, शनिबार
               

प्रचण्डको नियति असफलताबाहेक केही होइन: प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखेर आफूलाई माया लाग्ने गरेको बताएका छन् ।

शनिबार विराटनगरमा भएको कार्यक्रमलाई संबोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई क्रमश:वैद्य, डाक्टरलागयतले छाडेको, तर अहिले प्रचण्ड झाक्रीलाई लिएको बताउँदै सो बताएका हुन् ।

‘पहिला उहाँसँग वैद्य हुनुहुन्थ्यो, उहाँले छाड्नुभयो डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ, उहाँलाई झाँक्रीले बचाउन सक्दैन,’ प्रधानमन्त्रीले भने ।

विकासमा व्यवधान खडा गरेकाले प्रचण्डले अब नेपालको राजनीतिमा सफलता पाउन नसक्ने ओलीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति लक्षित गर्दै भीरबाट लड्ने गोरुलाई रामराम मात्र भन्न सकिने भनी टिप्पणी गर्दै प्रचण्डलाई अझै पनि फर्किएर आउन आग्रह गरे । तर, ओलीले सोही क्रममा प्रचण्ड फर्किने सम्भावना नरहेको  पनि बताए ।

समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई कसैले पनि रोक्न नसक्ने ओलीले बताए । आर्थिक, शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सरकारले उल्लेख्य काम भइरहेको उनको भनाइ छ । त्यस्तै, ओलीले प्रचण्ड–नेपाल समूहले पार्टी छाडेर गएपछि संवैधानिक आयोगले पूर्णता पाएको बताए ।

‘सिद्धिसकेका प्रचण्डलाई मैले फेरि एउटा जुरो हालिदिएको थिएँ, ठूलै जुरो हालिदिएको थियो । मैले अलिकति सिङ पनि हालिदिएको थिएँ । लामा सिङ भएपछि उहाँमा अहंकार बढ्यो,’ संबोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘उहाँको नियति असफलताबाहेक केही होइन ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको पनि संबोधनका क्रममा बताए ।

त्यसैगरी, सभामुख सापकोटाले सरकारविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको प्रसंग निकाल्दै प्रधानमन्त्रीले सभामुख अग्नि सापकोटा र उपराष्ट्रपति पनि सरकारविरोधी झगडिया भएको बताएका छन् । 

‘सरकार विरोधी झगडिया हो सभामुख, सभामुख बनाएको झगडा गर्न हो ? उहाँले कीर्ते सनाखत गर्नुभएको छ, भन्न पनि लाज !’ उनले भने ।

‘उहाँको पदले सरकारका विरुद्ध भाषण गरेर संविधान मिचियो, प्रजातन्त्र मासियो भन्न मिल्छ ?’ उनले भने, ‘उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाटै आउनुभएको हो, अब त चुनावमा आउनुस् । हामी झगडिया होइनौँ, मुद्दामामिलाका पछाडि छैनौँ ।’

यदि सर्वाेच्चले संसद् पुनर्स्थापना गरे सांसद किनबेचमा समय खेर जाने उनले बताउँदै उनले देशलाई अस्थिरतातिर फर्काउन नहुने बताए । उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’ 

त्यसैगरी, प्रधानमन्त्री केपी ओलीले दाहाल-नेपाल समूहका अध्यक्ष नेपालप्रति लक्षित गर्दै अध्यक्ष पद बच्चाको खेलौनाजस्तो नभएको बताउँदै अध्यक्षका लागि महाधिवेशन पर्खनुपर्ने बताए । 

उनले भने, मसँग जसले महाधिवेशनमा हारे, अर्को महाधिवेशन नपर्खी मलाई अध्यक्ष दे कि दे भने, बच्चाले खेलौना मागेजस्तो ।’

निर्वाचन आयोगले नेकपाका अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमात्रै भएको बताउँदा पनि उनी अध्यक्ष भनेर हिँडेको पनि उनले बताए । 

त्यसैगरी,  प्रधानमन्त्री ओलीले नेपाली सांस्कृतिक क्षेत्रलाई पनि संबोधन गरेका थिए । उनले नेपालको लोकदोहोरीको प्रसंग निकाल्दै अमेरिकनहरु नेपाल आएर लोकदोहोरी सिकेर आँसुकवि बनेर फर्कने गरेको बताए ।

लगभग एक वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांस्कृतिक कार्यकक्रमको आयोजना गरेका थिए । जसमा उनी आफैँले बाँसुरी बजाएका थिए । उनलाई दायाँ-बायाँ बसी तत्कालीन वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले साथ दिएका थिए । तर, त्यो कार्यक्रममा प्रचण्ड भने सहभागी भएका थिएनन् । 

 


कस्तो लाग्यो ?

यो पनि