बैशाख १५, २०८१, शनिबार
               

निर्मला पन्तको हत्यारालाई छिट्टै कानुनी दायरामा ल्याउँछौँ : गृहमन्त्री बादल

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका छन् । 

नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आमसभालाई सम्बोधनका क्रममा भागरथीको हत्यारालाई कानुनी दायरमा ल्याएको बताउँदै गृहमन्त्री बादलले सो बताएका हुन् । 

‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जानजिक आइसकेको छ । छिट्टै कानुनी कठघरामा उभ्याउनेछौँ,’ गृहमन्त्री बादलले भने ।

त्यसैगरी, गृहमन्त्री थापाले प्रचण्ड र नेपाल समूह आतंकित र भयभीत भएको बताउँदै प्रचण्ड नेपाल समूहले गोयवल्स शैलीमा भ्रम फैलाएको बताए । 

मन्त्री थापाले भने, ‘काठमाडौंमा नयाँ भ्रम फैलाउने प्रयत्न गरे, केही मन्त्रीहरु फेरि फर्केर प्रचण्ड नेपालको समूहतर्फ फर्किदैछन भन्ने भ्रम फाले । देशव्यापी रुपमा किन यस्तो गर्दैछन् ? आतंकको अभिव्यक्ति, भयको अभिव्यक्ति हो ।’

यसका अलावा थापाले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहले पनि भित्रभित्र चुनावको तयारी गरिरहेको पनि बताएका छन् । 

‘संसद पुनःस्थापना गर्ने भन्ने माग राख्ने हो भने किन चाहियो चुनाव चिन्ह ? हाम्रा विरोधीहरु, प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र प्रतिगामी भनिरहेकाहरु चुनावमा होमिसकेका छन्,’ विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै थापाले भने। 

चुनाव चिन्ह हत्याउन प्रचण्ड नेपाल समूहले केन्द्रीय सदस्यलाई नागरिकता ल्याउने उर्दी दिएको बताए । 


कस्तो लाग्यो ?

यो पनि