जेठ ०५, २०८१, शनिबार
               

आज विराटनगरमा केपी समूहकाे शक्ति प्रदर्शन

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

प्रतिनिधिसभा विघटनपछि सरकारमा रहेका केपी समूहले विभिन्न स्थानमा प्रर्दशन गर्दै आएकाे छ । आज पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहले विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । यसअघि बुटवलमा प्रदर्शन गरेकाे थियो । 

प्रधानमन्त्री ओलीको कदमको विरोधमा नागरिक समाज पनि, नेकपा प्रचण्ड-माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी. साझा पार्टीलगायलले  प्रदर्शन गर्न थालेपछि दबाबमा रहेकाे ओली समूह आफै सडकमा प्रदर्शनमा उत्रिएका हुन् । 

प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराट नर्सिङ्होम नजिकै रहेको खाली जग्गामा आयोजना हुने जनसभामा दुई लाख समर्थक उतार्ने ओली समूहको दाबी छ । प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री विराटनगरमा उपस्थित हुने भएपछि प्रहरीले विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि