जेठ ०५, २०८१, शनिबार
               

निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको बताएका छन् ।

७१औँ प्रजातन्त्र दिवसको अवसरमा संस्कृति मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । 

आफूले प्रतिनिधिसभा विघटनपश्चात् निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएको बताउँदै सोअनुरुप काम नभएको बताएका छन् ।

यसका अलवा प्रधानमन्त्रीले निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी राम्रो नगरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् ।

‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचनको तयारी गर्नुस् भन्या छु ।’

कतिपयले निर्वाचन गराउन घोषणा गरिएको होइन भनिरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरे । उनले भने, ‘तोकिएको मितिमा निर्वाचनका लागि निर्वाचनको मिति घोषणा गरिएको हो । त्यसविरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्ने म चाहान्छु ।’

यो पनि