जेठ ०५, २०८१, शनिबार
               

गृहमन्त्रीका रुपमा सरकारमा जाने हल्ला निराधार : गौतम

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गृहमन्त्रीका रुपमा केपी शर्मा ओलीको सरकारमा जाने भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा वामदेव गृहमन्त्रीको रूपमा जाने भनी विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका बेला गौतमले सो अनुरोध गरेका हुन् ।

गौतमले आफ्नो चरित्र हत्या गर्ने समूहले केही सञ्चारमाध्यममा केपी ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री बनेर जाने भन्दै  भ्रामक समाचारप्रति आपत्ति जनाएका छन् । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन भएपछि गौतम नेकपा एकता अभियानमा छन् ।


कस्तो लाग्यो ?

यो पनि