जेठ ०५, २०८१, शनिबार
               

चुनाव हुन्छ: सभापति देउवा

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । संविधानसम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालतबाहेक अरु कोही नभएको बताएका छन् । 

शुक्रबार कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो बताएका हुन् ।

‘संविधानसम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालतबाहेक को छ यहाँ ?अदालतलाई विश्वास गरौँ न प्लिज । अदालतलाई विश्वास नगरेर कसको गर्ने यहाँ,’ सभापति देउवाले भने।

अदालतलाई धम्क्याएर, तर्साएर काम गराउने भए अदालत नै नचाहिने बताउँदै देउवाले धम्क्याएर तर्साएर काम गराउने भए अदालत हटाइदिन सुझाव दिएका छन् । उनले भने,  ‘अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत हटाइदिए भयो त । जसले बढी धक्म्याउछ उसको कुरा माने भइहाल्यो नि !’ 

प्रधानमन्त्रीले चुनाव नगराइ सुख नपाउने बताउँदै सभापति देउवाले चुनावका लागि तयार रहन पनि निर्देशन दिए ।

‘डराएर कहीँ हुन्छ। डर हटाउनुस्। चुनावमा भाग लिने जित्ने हो,’ सो क्रममा देउवाले भने, ‘चुनाव हुँदै हुँदैन भनिरहेका छन् । चुनाव भयो भने नि ? चुनाव हुन्छ, हुन्छ, हुन्छ । तयार हुनुस् । पार्लियामेन्ट फिर्ता भयो भने भयो, भएन भने त चुनाव हुन्छ नि । ओलीले चुनाव नगरेर सुख पाउँछ यहाँ ? ‘चुनावका लागि तयार भएर बस्ने । पार्लियामेन्ट फिर्ता भयो भने हामी काम गरौँला । फिर्ता भएन भने चुनाव हुन्छ ।’ 

लामो समय मध्यम धारमा देखिएका शेरबहादुर देउवा पछिल्लो समय चुनावको पक्षमा देखिएका छन् ।तर, नेपाली कांग्रेसका पौडेल पक्ष भने चुनाव नभई संसद् पुनर्स्थापनाको पक्षमा उभिएका छन् । यही विषयलाई लिएर देउवा र पौडेलबीच फरक बहस जारी छ । बिहीबारमात्रै शेरबहादुर देउवाले आन्दोलनका लागि आफूसँग पैसा नभएको बताएका थिए । सोको जवाफमा वरिष्ठ नेता पौडेलले जे मन लाग्यो त्यही नबोल्न देउवालई चेतावनी दिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि