बैशाख १७, २०८१, सोमबार
               

राजनीतिक प्रतिशोधका कारण मलाई पदबाट हटाइयो: पदमुक्त परियार

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । पदमुक्त भएका प्रदेश प्रमुख तिलक परियारले स्वकीय सचिवसँगको झगडाका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन् ।

शुक्रबार पदमुक्त भएसँगै परियारले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्वकीय सचिवसँगको झगडालाई इसु बनाएर आफूलाई हटाएको आरोप लगाएका हुन् ।

रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र निवर्तमान प्रदेश प्रमुख परियारका स्वकीय सचिव अनिल पासवानबीचको गाली गलौजको फोन रेकर्ड बाहिर आएको थियो ।

राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमा मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम परियालाई पदमुक्त गरिएको, र  संविधानको धारा १६३ को उपधारा २ बमोजिम राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि