भदौ २३, २०८१, आइतबार
               

जनता मालिक र सरकार सेवक बनाउने संघर्ष जारी : डा. लोहनी

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातन्त्र दिवसलाई नेपालीका लागि सर्वाधिक महत्त्वपूर्ण दिन भनेका छन् । 

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष लोहनीले जनता मालिक हुने र सरकार सेवक हुने भन्ने अवधारणाले २००७ फागुन ७ गते जग हालेको उल्लेख गरेका छन्।

उनले ७० वर्षदेखिको सरकार सेवक र जनता मालिक भन्ने अवधारणा अझै व्यवहारमा उतार्ने संघर्ष जारी रहेको जनाएका छन् । सँगसँगै त्यो जारी संघर्षलाई नेपाली जनताको पक्षमा अघि बढाउन सबैले संकल्प गर्नुपर्ने अध्यक्ष लोहनीको मान्यता छन् । 

फागुन ७ नेपालीको लागि सर्वाधिक महत्त्वपूर्ण दिन हो।अाजको दिन जनता देशका मालिक हुन र सरकार जनताको सेवक हो भन्ने अामुल...

Posted by Dr. Prakash Chandra Lohani on Thursday, February 18, 2021

 

यो पनि