बैशाख २३, २०८१, आइतबार
               

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुन्छ : नेम्वाङ

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीलाई संसद् विघटन गर्न सक्ने अधिकार भएको बताएका छन् । 

इलाम सदरमुकाममा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता नेम्वाङले बिहीबार संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्न पाउने अधिकार हुने बताएका हुन् । 

जनता गुहार्ने प्रधानमन्त्रीको लोकतान्त्रिक विकल्प भएको बताउँदै उनले संसद् सरकारको बिजनेसमा चल्ने बताए । 

संसदमा एमसिसी पेस नभएको, दुई–तीन वर्षसम्म पनि कानुन पारित नभएको, संवैधानिक नियुक्तिमा अड्चन गर्न संवैधानिक परिषद्को बैठक बस्न नसकेको बताउँदै उनले संसदबाट प्रधानमन्त्रीलाई असहयोग भएको संकेत गरेका  छन् । 

‘सरकारले एमसिसी अनुमोदनको लागि संसदमा दर्ता गरायो,’ उनले थपे, ‘संसदमा प्रस्तुत भएपछि कि पास हुन्छ कि फेल हुन्छ, तर बीचबाटै हराउन मिल्दैन ।’ 

यो पनि