चैत १६, २०८०, शुक्रबार
               

सबै द्वन्द्वपीडितका समस्या उस्तैउस्तै : प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि विशेष कार्यदल बनाउने बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका द्वन्द्वपीडितसँगको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । 

‘अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत् द्वन्द्वका घाउलाई क्रमशः पुर्दै लैजानुपर्छ,’ राज्यले शान्ति सुरक्षाका लागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेको तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभए पनि आशंका वा रिसइवीमा मारिएका गरी तीन धारका द्वन्द्व पीडित रहेको उल्लेख गर्दै ओलीले भने, ‘जतापट्टिबाट गोली चलेर मारिएको होस्, तिनमा आश्रित एकल महिला, उसका अभिभावक उसमा आश्रित सन्तानका पीडा उस्तैउस्तै छन् ।’

छलफलका क्रममा प्रधानमन्त्रीले द्वन्द्वरत कुनै पक्षमै नभएका राजनीतिक कार्यकता र सर्वसाधारण जनता थुपै संख्यामा पीडित रहेको बताउँदै प्रधानमन्त्री ओलीले सबै पक्षको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निष्कर्ष निकाल्ने बताए ।

यो पनि