बैशाख २६, २०८१, बुधबार
               

टुँडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले काठमाडौंको टुँडिखेलवरिपरि मानव सङ्लोसहित विरोध प्रदर्शन गरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै सोको विरोधस्वरुप विभिन्न विरोधका कार्यक्रम गर्दै आएको दाहाल-नेपाल समूहले बिहीबार संसद् पुन:स्थापनाको माग गर्दै सो क्षेत्रमा मानव साङ्लोसहित विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनमा उत्रिएकाहरुले संसद् विघटन, महिला हि‌ंसा, महँगी र भ्रष्टाचारलगायत मुद्दा लेखिएका पमप्लेल बोकेका थिए । 

चौथो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत बिहीबार मानव साङ्लोसहितको प्रदर्शन गरेको दाहाल-नेपाल समूहले शुक्रबार देशभर पालिकाका वडामा विरोध कार्यक्रम गर्ने बताएको छ ।

यसका अलावा प्रतिनिधिसभा विघटनको विरोधमा अब प्रदेश र स्थानीय तहमा विरोध कार्यक्रम गर्ने रणनीति सो समूहले अघि सारेको छ ।

यो पनि