जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड–नेपाल समूहले आज टुँडिखेललाई मानव साङलोले घेर्दै

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध चौंथो चरणको सडक आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले आज काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्दैछ । आज काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्ने भएको हाे । 

नेकपाले आज प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै अपराह्न ४ बजे बजेदेखि एक घण्टासम्म काठमाडौं टुँडिखेललाई मानव साङलोले घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि नेकपाले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।

प्रचण्ड नेपाल समूहद्वारा घोषित चौद्यथो चरणकाे कार्यक्रम अनुसार भोलि सबै पालिकाका सबै वडामा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने रहेको छ । यस्तै फागुन १५ गतेसम्म सार्वजनिक स्थलमा सरकारका असंवैधानिक कदमविरुद्ध हस्ताक्षर संकलन गर्ने कार्यक्रम समेत रहेको छ ।

यस्तै, फागुन ८ मा प्रतिगमनविरुद्ध काठमाडौंमा बृहत् अन्तक्रिया कार्यक्रम, फागुन १० मा उपत्यका र जिल्लाहरूमा दलित मोर्चाका तर्फबाट विरोध कार्यक्रम, फागुन ११ मा मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारू, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम, फागुन १२ मा चितवन र फागुन २१ मा दाङ, जनकपुर, नेपालगन्जलगायतका सहरहरूमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ ।

यसअघि सो समूहले पुस १३, माघ ९ र माघ २८ गते काठमाडौंमा विरोधसभाकाे आयोजना गरेको थियो । यस्तै विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि विरोधसभा गरेको थियो ।

सरकारले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा बाहेक नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, मानवअधिकारकर्मी, नागरिक अगुवा र विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि