जेठ ०७, २०८१, सोमबार
               

कर्णाली प्रदेशका मुख्यमन्त्रीले गरे सचिवालयको जिम्मेवारी हेरफेर

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री शाहीले बुधबार आफ्ना दुई स्वकीय सचिवसहित एक सल्लाहकारको जिम्मेवारी हेरेफेर गरेका हुन् ।  

बुधबार मुख्यमन्त्री शाहीबाट जिम्मेवारी पाउनेहरुमा स्वकीय सचिवको रुपमा कृष्णप्रसाद आचार्य, जनसम्पर्क सल्लाहकारको रुपमा विष्णुबहादुर विक (विकल्प जुम्ली) र स्वकीय सचिवको रुपमा रवीन्द्रबहादुर शाही छन् ।

अवसर वितरणका लागि सचिवालय हेरफेर गरिएको बताउँदै मुख्यमन्त्री शाहीले सचिवालय हेरफेर गर्नुको पछाडि कुनै कारण नभएको बताए । ‘सबै साथीहरुलाई काम गर्ने अवसर प्रदानका लागि जिम्मेवारी हेरफेर गरिएको हो,’ उनले भने । 

तीन दिनअघि मात्रै प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले पदबाट राजीनामा दिएका थिए ।

यो पनि