जेठ ०७, २०८१, सोमबार
               

प्रचण्ड–माधव समूहले बुझायो बागमती प्रदेश उपसभामुखलाई विरोधपत्र

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बागमती प्रदेशका उपसभामुखलाई विरोधपत्र बुझाएको छ ।

बुधबार दाहाल-नेपाल नेकपाले सभामुख सानुकुमार श्रेष्ठले दलहरुबीचको सहमतिअनुसार बैठक नबोलाएको भन्दै सो पत्र उपसभामुखलाई बुझाएको हो । 

मंगलबार साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले बुधबार दिउँसो दुई बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका थिए । दलहरु तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाए पनि सूचना टाँसेर बैठक स्थगित गरेका थिए । 

प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले दलहरुबीच सहमति हुँदा पनि माथिको आदेशमा सभामुखले बैठक अनिश्चितकालका लागि स्थगित गरेको बताउँदै बैठक नबोलाउनुप्रति आपत्ति जनाएकी छिन् । 

यो पनि