बैशाख २१, २०८१, शुक्रबार
               

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकटस्थ विद्यार्थीले थाल ठटाएर प्रदर्शन गरेका छन् । 

थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरलगायत नारा लगाएर बुधबार माइतीघरमण्डलामा थाल ठटाउँदै प्रदर्शन गरेका हुन् । विद्यार्थीले साथमा सिलिन्डर पनि प्रदर्शन गरेका छन् । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने गरी परिमार्जन गरेको छ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ रुपैयाँ पुगेको छ ।

 

यो पनि