जेठ ०५, २०८१, शनिबार
               

बैतडीको डिलासैनी घटनाप्रति कांग्रेसको निन्दा

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले बैतडीको डिलासैनी घटनाप्रति निन्दा गर्दै नेकपा केपी ओली समूहलाई सत्ताउन्माद प्रस्तुत नगर्न चेतावनी दिएको छ ।

नेपाली कांग्रेसले विज्ञप्तिमार्फत् बैतडीको डिलासैनीमा कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा मंगलबार अपरान्ह ओलीनिकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय भएको बताउँदै सो चेतावनी दिएको हो । 

कांग्रेसले सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको ठहर गर्दै कांग्रेसले विज्ञप्तिमार्फत् डिलासैनी घटनाका दोषीलाई तत्काल कारबाहीको माग गरेको छ ।

सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी थियो । 

ओली समूहको उक्त कार्यबाट कांग्रेस नेता साउदसहित केही कार्यकर्ता घाइते भएका छन् । यसका अलावा सवारीसाधनसमेत तोडफोड गरिएको छ ।

यो पनि