जेठ ०५, २०८१, शनिबार
               

बैतडीमा ओली पक्ष र कांग्रेस कार्यकर्ताबीच झडप, दुईजना घाइते

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैतडीमा आयोजना गरेको विरोधसभामा झडप भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा कांग्रेस बैतडीले प्रतिनिधिसभा विघटनको विरोधमा आयोजना गरेको विरोधसभामा नेकपा ओली पक्ष र कांग्रेसबीच झडप भएको हो ।

प्रहरीका अनुसार झडपमा परी दुईजना घाइते भएका छन् । कांग्रेसको विरोधसभा बिथोल्न नेकपा ओली पक्षका कार्यकर्ताले ढुंगामुढा गर्दा झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले अहिले अवस्था नियन्त्रणमा आएको जानकारी दिए । विरोधसभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महरलगायत नेताले बोल्ने कार्यक्रम थियो ।


कस्तो लाग्यो ?

यो पनि