जेठ ०५, २०८१, शनिबार
               

ओली पक्राउ पर्ने दिन पनि धेरै टाढा छैन : सुरेन्द्र पाण्डे

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउन सक्ने चेतावनी दिएका छन् ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिक फेसबुक लाइभमा कुरा गर्दै नेता पाण्डेले यस्तो चेतावनी दिएका हुन् । नेकपा विभाजनसँगै आधिकारिक फेसबुक पेज प्रचण्ड- नेपाल पक्षको कब्जामा छ ।

सोही पेजबाट ओली पक्ष र सरकारविरुद्धको प्रचार सामग्री प्रसारित हुँदै आएको छ । सोही पेजमा मंगलबार नेता पाण्डेले आफूपक्षीय नेतृ रामकुमारी झाँक्री पक्राउ र रिहाको विषयलाई लिएर ओली पक्राउ पर्ने दिन पनि टाढा नभएको बताएका हुन् ।

उनले नेतृ झाँक्रीलाई बोलेकै कारण पक्राउ गरिएको भए पनि उनलाई थुनेर राख्ने तागत ओली सरकारसँग नरहेको बताए । ‘रामकुमारीमाथि बोलेकै कारणले आक्रमण गर्ने कोसिस गरियो, जनताको तागतका कारण उहाँलाई थुनेर राख्ने साहास प्रहरी प्रशासन र ओली सरकारसँग थिएन’, उनले भने ।

रिहाइको माग गर्दै कार्यकर्तासँगै आफू पनि प्रहरीमा पुगेको बताउँदै उनले झाँक्रीलाई जसरी गिरफ्तार गरिएको हो त्यसैगरी घर पुर्‍याउनुपर्ने अडान लिएको बताए । 

‘संसद् पुनर्स्थापना भयो भने उहाँ सांसद हो, कानुन बनाउने मान्छेलाई कानुन पढाउने, घरबाट जसरी ल्याउनुभएको थियो त्यसैगरी लगेर छाड्नुर्‍यो,’ प्रहरीसँग आफूले भनेको भनाइ स्मरण गर्दै नेता पाण्डेले भने, ‘प्रधानमन्त्री ओलीलाई समात्नुभयो भने कसलाई जिम्मा लगाएर पठाउनुहुन्छ?’

बर्माको उदाहरण दिँदै पाण्डेले सेनाले ‘कू’गर्दै त्यहाँको प्रधानमन्त्रीलाई लगेर नजरबन्द र थुनामा राखेको जस्तो नेपालमा त्यस्तै घटना भएको बताए ।


कस्तो लाग्यो ?

यो पनि