जेठ ०५, २०८१, शनिबार
               

दाहाल-नेपाल समूह (नेकपा)ले गर्‍यो प्रतिबद्धतापत्र लेखनको तयारी

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समूहले आमनागरिकमाझ आफूलाई विश्वास दिलाउन प्रतिबद्धतापत्र लेखनको गृहकार्य गरेको छ । 

नागरिक अगुवाहरुले दाहाल-नेपाल समूहलाई आमनागरिकलाई सडक संघर्ष, सत्ता परिवर्तन र पद प्राप्तिका लागि मात्रै होइन भनी स्वेतपत्र जारी गर्न सुझाव दिइरहेका बेला सो समूहले  प्रतिबद्धतापत्र लेखनका लागि कार्यदल बनाएको हो । प्रतिबद्धतापत्र लेखन कार्यदलका संयोजक नारायणकाजी श्रेष्ठ छन् । 

प्रतिबद्धतापत्रको मस्यौदा तयार पार्न बनेको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, जनार्दन शर्मा, वर्षमान पुन, लीलामणि पोखरेल, बेदुराम भुसाललगायत नेता सदस्य छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै नेकपा दुई धारमा विभाजित छ । जसमध्ये एकको प्रतिनिधित्व दाहाल-नेपालले संयुक्त गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री तथा यसअघिका पार्टीक अध्यक्ष केपी शर्मा ओली स्वयंले गरेका छन् ।

दुवैले आफूलाई आब्बल र प्रमाणित र आफूलाई अब्बल साबितका लागि देशभर जनप्रदर्शन र आमसभालगायत कार्यक्रम जारी राखेका छन् । यसका अलावा आफूलाई प्रमाणित र आधिकारिकता देखाउनका लगि विभिन्न दस्तावेज पनि सार्वजनिक गर्ने क्रम जारी छ । सोही क्रममा ओली समूह नेकपाले फागुन ३ मा सरकारले गरेका कामको फेहरिस्त सार्वजनिक गरेको छ ।

यो पनि