जेठ ०५, २०८१, शनिबार
               

आरआर क्याम्पसमा ओली र प्रचण्ड–नेपाल पक्षका विद्यार्थीबीच झडप

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौंको रत्नराज्य क्याम्पस (आरआर) मा केपी शर्मा ओली समूहका विद्यार्थी र  प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप भएको छ । ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका दीपक बस्नेत, दिलीप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका छन् ।

मङ्गलवार बिहान सरस्वती पूजा गरिरहेका समयमा ओली समूहका लोकेश खड्का, उज्ज्वल खड्का लगायतले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीमाथि आक्रमण गरेका प्रचण्ड–नेपाल पक्षका विद्यार्थीहरूको आरोप छ । उनीहरूले क्याम्पस प्राङ्गणमै आक्रमण गरेको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताहरूले बताए । आक्रमण गर्ने खड्का सो क्याम्पसका ओली पक्षका यूथ फोर्स अध्यक्षसमेत हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि