बैशाख १४, २०८१, शुक्रबार
               

राजसंस्था र हिन्दुराष्ट्रको पहिचान कायम राख्न युवाकै भूमिका आवश्यक : अध्यक्ष लोहनी

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

आर्थिक उन्नति र सकारात्मक परिवर्तनको दिशामा देशलाई उन्मुख गराउन युवा विद्यार्थीहरू अग्रसर हुनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

अमेरिकामा काला र गोरा जातिबीचको विभेद अन्त्य गर्न होस् वा डोनाल्ड ट्रम्पले प्रजातन्त्र मास्न लाग्दा विरोध गर्ने सन्दर्भ होस् विश्वविद्यालयहरुबाट शिक्षित वर्ग जुर्मुराएका थिए । त्यसैगरी नेपालमा पनि देश बनाउने, भविष्य बनाउने जिम्मेवारी शिक्षित युवाहरूमा आइलागेको लोहनीले बताए । 

अध्यक्ष लोहनीले युवा पुस्ताकै बलमा राजसंस्था र हिन्दुराष्ट्रको पहिचान कायम गर्ने दाबी गरे । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) द्वारा आयोजित उपत्यकास्तरीय बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि