जेठ ०५, २०८१, शनिबार
               

सरकारको ३ वर्षमा ३ उपहार : दम्भ, द्वन्द्व र भ्रष्टाचार

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको बताएका छन् । सरकारले जनतालाई ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार मात्र दिएको प्रवक्ता शर्माले बताए । 

वर्तमान सरकारले ३ वर्ष पुरा गरेको सन्दर्भमा नेपाली काँग्रेसले सरकारले सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो ।

अनुकुल राजनैतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताका कारणले असफल भएको नेपाली कांग्रेसको मूल्याँकन रहेको उनकाे भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि