जेठ ०५, २०८१, शनिबार
               

प्रतिनिधिसभामा पार्टीका केही नेताहरूबाटै असहयोग भएकाले संसद् भङ्ग गरेँ : प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा पार्टीका केही नेताहरूबाट असहयोग भएकाले संसद् भङ्ग गर्न बाध्य भएको बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताए । सरकारले ल्याएका विधेयकहरू छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरूमा नियुक्ति सिफारिस हुन नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उनले भने, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।’

यदि संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरता आउने उनले दाबी गरे ।


कस्तो लाग्यो ?

यो पनि