जेठ ०५, २०८१, शनिबार
               

प्रतिनिधिसभा विघटनविरुद्ध आज कांग्रेसले देशैभर विरोध प्रदर्शन गर्दै

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा प्रदर्शन गर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेका थिए । प्रतिनिधिसभा विघटनपछि आन्दोलनमा रहेको का‍ंग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताको लागि पार्टी सभापति शेरबहादुर देउवाले आह्वान गरेका छन् ।

सभापति शेरबहादुर देउवाले प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैलाई आह्वान गरेका छन् ।

देउवाले भनेका छन् , ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ, पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा पार्टीभित्रै पनि दुई समूह बनेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अलग भएर विरोध प्रदर्शन गर्दै आइरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि