कात्तिक ३०, २०८१, शुक्रबार
               

कोरोनाले थिलथिलो बनाएकाे नेपालकाे अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्दैन

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले कोरोना महामारीले थिलथिलो भएको नेपालकाे अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने जिकिर गरे । पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संविधान मिचेर जनताको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई प्रतिगमन र अस्थिरताको बाटोमा हिंडाउन खोजेको भन्दै पुनले त्यसलाई सच्याउन प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेको बताए, ‘प्रधानमन्त्रीका वकिलहरुले हुँदाहुँदा हिजो श्री ५ र श्री ३ मा भएको अधिकार प्रधानमन्त्रीसँग छ भनिरहेका छन् । यो निरंकुश, स्वेच्छाचारी र लोकतन्त्रविरोधी तर्क हो । लोकतन्त्रमा सार्वभौमसत्ता र कार्यकारी अधिकार जनतामा हुन्छ  ।’

निर्वाचनका नाममा बर्बाद पार्ने पैसाले ७७ वटै जिल्लामा एक एकवटा अस्पताल निमार्ण गर्न सकिने पुनले बताए,‘ प्रधानन्त्रीजी तपाईँ जनताप्रति जिम्मेवार हुनुहुन्छ ? ५० अर्ब खर्च गरेर गर्न खोजेको के हो ? कस्तो लोकतन्त्रको अभ्यास गर्न खोजेको हो ?’ 


कस्तो लाग्यो ?

यो पनि