जेठ ०७, २०८१, सोमबार
               

‘जहाँ माधव त्यहीँ एमाले, केपी ओली बीमाले’

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफू रहेको समूहभित्र नै वास्तविक एमाले रहने बताएका छन् ।  तेह्रथुममा पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले प्रधानमन्त्री केपी ओलीले संसद् विघटनसँगै पार्टी तोडेपछि पुराना एमालेहरू आफ्नो पक्षमा आउन आह्वान गरिरहेको भन्दै त्यसको चर्को प्रतिवाद गरेका हुन् । 

"माले बनाउने को भनेर सोध्नुस् त उनलाई (ओलीलाई), एमाले बनाउने को भनेर सोध्नुस् त उनलाई, कोअर्डिनेशन केन्द्र बनाउने को भनेर सोध्नुस् त उनलाई," माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको क्रममा एमाले निर्माणमा आफ्नो भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भनेका छन्।

ओली 'बीमाले'

"उनी (ओली) यो कुरा सम्झन चाहँदैनन् । के भ्रम पैदा गरिरहेका छन् भने उनी आफू चाहिँ एमाले अरू सबै माओवादी । अनि एमाले, एमाले मिलौँ भनिरहेका छन्। एमाले, एमाले मिल्ने हो भने केपी ओलीसँग मिल्ने होइन । उनी बीमाले मात्र हुन्, एमाले होइनन्। एमाले कतै छ भने जहाँ माधव नेपाल उभिएको छ त्यहाँ छ एमाले।"

माधवकुमार नेपालले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टी एकतापश्चात् केपी ओलीले अरू नेताहरूलाई बैगुन गरेको आरोप पनि लगाए । पार्टी एकताको बेला ओलीले प्रचण्डलाई भर्‍याङको रूपमा प्रयोग गरेको उनले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि