जेठ ०७, २०८१, सोमबार
               

निर्वाचन आयोगको चुनावी छलफलमा प्रचण्ड-नेपाल पक्ष पनि सहभागी
आयोगलाई प्रश्न- कहाँ गएर चुनाव गर्नुहुन्छ ?

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

आगामी चुनावको लागि छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल नेकपा पनि सहभागी भएको छ ।

प्रतिनिधिसभा विघटनपश्चात् आन्दोलनरत सो समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने गरिरहँदा आईतबार आयोगमा छलफलमा पुगेको हो । 

आयोगले आइतबार निर्वाचन आचार संहिताबारे छलफल गर्न दलहरुलाई बोलाएको थियो । छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेल सहभागी छन् ।

पोखरेलले ‘आयोगलाई नेकपाको आधिकारिकता विवाद हल नगरी कसरी निर्वाचन हुन्छ ?’ भनेर प्रश्न गरेका छन् । आयोगले ‘दलको विवाद निरुपण गर्नुको विकल्प नभएको’ बताएको छ ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै फुटेको नेकपाको दुबै समूहले आफ्नो समूहको निर्णय राजनीतिक दलसम्बन्धी किताबमा अद्यावधिक गर्न आयोगलाई आग्रह गरेका थिए, तर आयोगले ११ माघमा दुबैको दाबीलाई मान्यता नदिने निर्णय गर्‍यो । त्यसलाई नै आधार मानेर आफूहरुले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिएको भन्दै नेता पोखरेलले भने, ‘दलको ६४ प्रतिशत मत भएको दलबारे टुंगो नगरी कहाँ गएर चुनाव गर्नुहुन्छ ? भनेर सोधेका छौं । उहाँहरुले जवाफ दिन्छौं भन्नु भएको छ ।’


कस्तो लाग्यो ?

यो पनि