जेठ ०४, २०८१, शुक्रबार
               

दाहाल-नेपाल नेकपा समूहका अध्यक्ष नेपालविरुद्ध पेसी तोकियो

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल-नेपाल नेकपा समूहका अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा पेसी तोकिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा नेपालविरुद्ध  पेसी तोकिएको हो ।यसअघि बालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए। 

नेता नेपालमाथि बालुवाटार जग्गा प्रकरणमा दोषी रहेको आरोप लगाइएको छ । तर, नेता नेपाल भने आफ्नो सो प्रकरणमा कुनै दोष नरहेको बताउँदै आएका छन् ।

यसअघि अख्तियारले ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा सम्बन्धमा सरकारका विभिन्न मन्त्रालय, निकाय र अन्तर्गतका कार्यालयबाट विभिन्न मितिमा गरिएका गैरकानुनी कार्यलाई वैधानिकता दिलाउने, त्यस्ता जग्गामा अनधिकृत व्यक्तिको हक र स्वामित्व स्थापित गराउने गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव पेस भएअनुसरूप मन्त्रिपरिषद्‌बाट विभिन्न मितिमा भएका निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्ने नदेखिएको बताएकाो थियो ।


कस्तो लाग्यो ?

यो पनि